२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छः उपप्रधानमन्त्री सिंह

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन्।

शनिवार ललितपुरमा स्यस्यः समाज, यलको ११ औं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए। उनले भएका कमी, कमजोरीलाई सुधार गरेर संविधानको मर्म र भावनाअनुरुप हरेकको जीवन र जीविकोपार्जन सहज बनाउने गरी अघि बढिरहेको बताए।

उनले नागरिकको जनजीवन सहज बनाउनका लागि राजनीतिक स्थिरताको आवश्यक भएकाले अहिले नेपाली काँग्रेस र नेकपा एमालेसहितका केही अन्य राजनीतिक दलको सरकार बनेको बताए। सबै एकैचोटी विकास गर्न जादुको छडी कोहीसँग नरहेको भन्दै प्रतिकुल अवस्थाबाट अनुकुलतातर्फ लैजान सरकारले काम गरिरहेको उल्लेख गरे । अर्थतन्त्रमा आएको अफ्ठ्यारोपनलाई हटाउनका लागि सरकारले लहलहैमा र पपुलिस्टका कार्यक्रमहरु दिएर नभइ देशलाई सम्हाल्ने, व्यवस्थालाई टिकाइराख्ने किसिमले अघि बढेको उनले बताए सरकारले शुक्रवार जारी गरेको नीति तथा कार्यक्रमबाट पनि देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिस्थितिलाई सम्हाल्ने गरी आएको देखिने स्पष्ट समेत पारे।

उपप्रधानमन्त्री सिंहले भने, ‘अहिलेको सरकार बनेको छ । यो सरकार के हो भने अहिल बहुदलीय व्यवस्था आएदेखि र त्यसमा पनि विशेष गरी २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान, संविधान सभाबाट जारी भइसकेपछि त्यसलाई कार्यान्वयन गर्नमा यसमा थोर बहुत कमी, कमजोरी भएको होला, त्यसलाई अब सुधार्नको लागि मिलाएर संविधान सभाबाट जारी भएको संविधानको भावना र मर्मअनुरुप हामी सबैले हरेकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने चाहना छ । त्यसलाई पूरा गर्न राजनीतिक स्थिरता बिना नहुने भएकाले राजनीतिक स्थायित्व र स्थिरता दिन काँग्रेस, एमाले लगायत अरु दलहरु मिलेर यो सरकार बनेको हो । जादुको छडी कोहीसँग छैन । हामी प्रतिकुल अवस्थाबाट अनुकुलतामा लग्नको लागि कोभिड १९ पछि अर्थतन्त्रमा आएको अफ्ठ्यारोपन जुन छ, त्यसलाई हटाउनको लागि अहिले यो सरकारले बढो जिम्मेवारपूर्ण तवरले लहलहैमा होइन, पपुलिस्टका कार्यक्रमहरु दिएर होइन, देशलाई सम्हाल्नुपरेको छ, यो व्यवस्थालाई टिकाउनुपरेको छ । त्यो जिम्मेवारी वहन गरेर अहिले हिजो भर्खरै सम्माननीय राष्ट्रपतिज्युले जुन नीति र कार्यक्रम संसदमा जारी गर्नुभएको छ, त्यसबाट पनि के देखिन्छ भने देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुन परिस्थितिलाई सम्हाल्न नीति तथा कार्यक्रममार्फत दर्शाएको छ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट