२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

संसदभित्र गलत विषय उठे प्रतिवाद गर्न प्रधानमन्त्री ओलीको निर्देशन

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदभित्र आफ्नो प्रस्तुति प्रभावकारी बनाउन सांसदहरुलाई निर्देशन दिएका छन् ।

शनिबार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । उनले पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रस्तुति प्रभावकारी बनाउन निर्देशन दिए ।

उनले सरकारले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सही भएको बताए । उनले नीति तथा कार्यक्रम विकास र समृद्धिमा केन्द्रित रहेको बताए ।

उनले सांसदहरुले संसदमा बोल्दा जिम्मेवार हुनुपर्ने भन्दै राम्रोसँग अध्ययन गरेर मात्रै बोल्न निर्देशन दिए । उनले संसदमा बोल्नु अगाडि बुँदागत रुपमा टिपेर बोल्नुपर्ने बताए ।

विपक्षीहरुले बिरोध गर्ने, गलत नियतले बोल्ने भएकाले तत्काल प्रतिवाद गर्नसक्ने गरी सांसदहरुले तयारी गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘प्वाइन्टहरु साथीहरुले लेखेर ल्याउनुहोला बोल्ने बेलामा, लेखेका प्वाइन्टहरु बोल्नुहोला ताकि कुरा नछुटोस् , नबिर्सियोस् भन्नका लागि । लेखेर ल्याएको बुँदाहरु प्रष्टताका साथ व्याख्या गर्न सक्नेगरी आउनुपर्यो । सिङ्गै वक्तव्य लेखेर ल्याएपनि हुन्छ । लेखेर ल्याएको वक्तव्यमा तत्काल उठेका प्रश्नको जवाफ दिन सकिँदैन, असहज हुन्छ । तत्काल उठेका कुराहरुको प्रतिवाद हामीले गर्नैपर्ने हुन्छ । हरेक सांसदहरुले गलत कुरामा उठेको खण्डनहरुमा पनि बोल्नैपर्ने हुन्छ । त्यस ढंगले आफूलाई प्रस्तुत गरेर आउनु म साथीहरुलाई आग्रह गर्न चाहन्छु ।’

सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा सांसदहरुलाई संशोधन गर्न ७२ घण्टाको समय पनि उपलब्ध भइसकेको छ । सरकारको नीति तथा कार्यक्रमका बारेमा मिश्रित प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट