काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन आउने कुराहरु कार्यनीति लक्ष्यहरु मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको बताए । तर निर्वाचनमा बढी भन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरुलाई जिताउनसके संसदमा गएर पनि नौटंकी सरकारको भण्डाफोर गर्न सकिने उनले बताए ।
उनले जनताका आवाजहरु बुलन्द गर्नसक्ने र बहुमत ल्याएको खण्डमा जनताको हितमा नीति र कार्यक्रम ल्याएर लागू गर्ने बताए ।
सरकारले आगामी आर्थिक वर्ष २०८२—०८३ का लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम नौटंकी मात्रै भएको जिकिर गरे । उनले नीति तथा कार्यक्रममा बोलिने कुरा बढी र गरिने कुरा कम रहेको बताए । वर्तमान संविधान पुँजीवादी भएको उल्लेख गर्दै आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न नसक्ने उनले बताए ।
पूर्वप्रधानमन्त्री खनालले राष्ट्रलाई एकतावद्ध गर्न जरुरी रहेको उल्लेख गरे । उनले वैज्ञानिक समाजवादले मात्रै नेपालमा अहिलेका समस्या समाधान गर्ने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस