२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

भ्रष्टाचारमुक्त देश र कानूनी शासनको पालना हुन नसके कुनैपनि व्यवस्था लामो समय जाँदैनः कानूनमन्त्री चौरसिया

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले भ्रष्टाचारमुक्त देश र कानूनी शासनको पालना हुन नसके कुनैपनि व्यवस्था लामो समय अघि बढ्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा वागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले आयोजना गरेको विधायिकी अन्तरसंवाद र कानूनको मापन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले तीन तहको सरकार रहेको र तीन तहकै सरकारले आफ्नो दायित्वअनुसार अघि बढिरहेको बताए । उनले संघले, प्रदेशले र स्थानीय तहले जनताले चाहेको अनुकुल शासन पद्धति चलेको छ की छैन ? कानून लागू भएको छ की छैन ? आवश्यकताअनुसार कानून संशोधन भएको छ की छैन भन्नेकुराको चाहना राख्नु आम जनताको सरोकारको विषय भएको बताए ।

उनले कानून जनताको लागि बनाइने र कानूनले सरकार पनि अनुसशासनमा रहने जिकिर गरे । उनले संसदीय प्रणालीमाथि आक्रमण गर्ने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर गर्ने भुमिका कसैले गर्न नहुने बताए । देशमा व्याप्त भ्रष्टाचारलाई कसरी न्युनिकरण गर्न सकिन्छ ? भन्नेकुरा सबैको दायित्वभित्र पर्ने बताए ।

मन्त्री चौरसियाले कानून मन्त्रालयले संघीयता जारी भइसकेपछि २ सय १४ वटा ऐन बनाइसकेको दाबी गरे ।

उनले आवश्यकताअनुसार थप कानून बनाउने व्यवस्थामा आफूहरु लागेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट