२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

राष्ट्रिय आवश्यकताहरु समेटेर नीति तथा कार्यक्रम आएको छ : कांग्रेस

शनिवार , बैशाख २०, २०८२

काडमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकतालाई समेटेर आएको बताएको छ ।

शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताएका हुन् । उनले कांग्रेसको माग बमोजिम नै आएकाले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बताए ।

उनले कांगेसले संसदमा नीति तथा कार्यक्रमको पक्षमा बोल्ने बताए । कांग्रेसले नीति तथा कार्यक्रमका बारेमा सरकारलाई सकारात्मक र रचनात्मक सुझाव दिने पनि बताए । उनले नीति तथा कार्यक्रमको सम्बोधन गर्ने गरी बजेट निर्माण गर्न सरकारलाई सचेत गराइने निर्णय भएको बताए ।

उनले भने, ‘हिजो प्रस्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । नीति तथा कार्यक्रममा धेरै कुराहरु समेटिएका छन्,जुन राष्ट्रिय आवाश्यकताहरु हुन् । ती कार्यक्रमहरु हामीले पनि चाहेका कुराहरुलाई समेटिएर आएका हुनाले त्यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित त्यसको पक्षमा बोल्ने समर्थन गर्ने निर्णय भएको छ । नीति तथा कार्यक्रम कार्यान्वयन हुन बजेटमा पनि समावेश हुनुपर्छ, अगामी बजेट तर्जुमा गर्दाखेरि नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी तर्जुमा गरियोस् भनेर निर्णय गरेका छौँ ।’

प्रमुख सचेतक घिमिरेले विधेयक निर्माणमा परिणाम देखिने गरी कांग्रेसले भुमिका खेल्ने बताए । उनले विधेयक निर्माणमा सांसदहरुको भुमिका सुस्त हुँदा धेरै कुरामा प्रभाव परेको बताए । विधेयक निर्माणको गतिलाई तिब्रता दिन कांग्रेसले सक्रियतापूर्वक संसद र समितिहरुमा काम गर्ने उनको भनाइ छ ।

उनले भने, ‘विधेक निर्माणको गति अलिकति सुस्त भएको जस्तो हामीलाई अनुभव भएको छ, र विधेयक निर्माणको गति सुस्त हुँदाखेरि त्यसले पारेको प्रभावहरु धेरै हुने भए । विधेयक निर्माणको गतिलाई तिब्रता दिन कांग्रेसले सक्रियतापूर्वक ढंगले संसदमा र समितिहरुमा भुमिका खेल्नुपर्छ र देखिने गरी परिणाममुखी ढंगले संसदमा भुमिका खेल्नुपर्छ भन्ने कुरा निष्कर्ष निकालेको छ ।’

प्रमुख सचेतक घिमिरेले शिक्षकसँग गरिएको सहमतिअनुसार असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिवद्धता जनाए । उनले पछिल्लो समय भारतको उडिसाको कलेज र पहलगम तथा बेलायतमा भएको घटनाबारे निन्दा गर्दै मृतक नेपालीहरुको जाँचबुझका लागि माग गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट