२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

आइतवार , बैशाख २१, २०८२

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्ने भएको छ । संसद् भवन बानेश्वरमा अपराह्न १२:१५ बजे बैठक सुरु हुनेछ ।

बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले 'दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् ।

त्यस्तै राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले 'केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०' र 'भन्सार विधेयक, २०८०'का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट