२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नागरिकताकै कारण राज्यविहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर छः सभापति खतिवडा

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले कोही नेपाली नागरिक नागरिकताका कारण राज्यविहीन हुनेस्थिति नहोस् भन्नेमा सरकार गम्भीर रहेको स्पष्ट पारेका छन् ।

सुगौली सन्धी र नेपालमा नागरिकता सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने विधेयक आएको र सरकारको चाहना पनि नेपाली नागरिक नागरिकताकै कारण राज्यविहीन हुने स्थिति नआओस् भन्नेमा गम्भीर रहेको बताए । उनले यो विधेयकलाई समितिमा अझ विस्तृत र गहन रुपले छलफल गर्ने प्रतिबद्धता जनाए ।

उनले विधेयक छलफलका क्रममा सम्बन्धित पक्षलाई पनि आमन्त्रित गरेर छलफल गरिने विश्वास व्यक्त गरे। उनले विधेयकमा केही कमी, कमजोरी भए सच्याएर अघि बढ्ने पनि बताए ।

उनले भने, ‘कानून निर्माण गर्दा कहीँ लुप होल्सहरु छन् भने ल्याप्सहरु छन् भने त्यसलाई पूरा गरौँ भन्ने हाम्रो लक्ष्य पनि छ । त्यसैले अहिले जुन विधेयक आमाका नामबाट छोराछोरीलाई नागरिकता दिने भन्ने आएको छ । सरकारको चाहना पनि कोही नेपाली नागरिक नागरिकताले राज्यविहीन हुने स्थिति नहोस् भन्ने चाहना छ । त्यसलाई हामी अझ वृहत्त छलफल गरौँ । कानूनकै कारणले तपाईंहरुलाई अफ्ठ्यारो परेको छ भने अफ्ठ्यारो नपर्ने वातावरण सिर्जना होस् भन्ने हाम्रो चाहना छ । हामी समितिमा ल्याएर पनि छलफल गराउँछौँ । राज्यले अफ्ठ्यारो परेका बेलामा सबैको कुरा सुनेर कानून निर्माण गर्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट