२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

अहिले पार्टीदेखि आर्थिक संस्थाहरु विचौलियाको कब्जामा छन्ः स्वर्णिम वाग्ले

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन जरुरी रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंक–व्यवसायी छुट्याउने पक्षमा रहेको बताए। उनले अहिले विचौलियाको राज भइरहेको आरोप समेत लगाए । उनले पार्टीहरु विचौलियाको कब्जामा रहेको र आर्थिक संस्थाहरु पनि कब्जामा रहेको बताए ।

उनले भने, –‘बैंक–व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा यो कतिको व्यवहारिक हो भन्दै एउटा समूहले प्रश्न उठाइरहेको छ । तर, मेरो भनाइ छुट्याउनै पर्छ भन्ने नै छ । किनकी स्वार्थ बाझिन्छ । अहिले विचौलिया राज जुन भइरहेको छ, पार्टीहरु कब्जामा छन् । आर्थिक संस्थाहरु कब्जामा छन् । यो एकाधिकार बढ्दै जाँदा उनीहरु हावी हुने अवस्था आएको छ, यसलाई हामीले तोड्नैपर्ने हुन्छ ।’

वाग्लेकाअनुसार भावनामा बगेर भन्दा पनि आवश्यक अध्ययन तथ्यका आधारमा बैंक/ब्यवसायी छुट्याउनेबारे निर्णय लिन जरुरी छ । अहिले गैर बैंकिङ सम्पत्ति डरलाग्दो तवरले बढेको समेत उनले बताए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट