२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पोखराबाट पर्यटन बोर्डमा प्रतिनिधित्व सुनिश्चित गर्न मन्त्री पाण्डेसमक्ष पर्यटन परिषद्को माग

सोमवार , बैशाख २९, २०८२

पोखरा । पोखरा पर्यटन परिषद्ले नेपाल पर्यटन बोर्डको कार्यकारी समिति सदस्यमा पोखराबाट प्रतिनिधित्व सुनिश्चित गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसमक्ष अनुरोध गरेको छ । परिषद्का अध्यक्ष तारानाथ पहारीले एक पत्र पठाउँदै मन्त्री पाण्डेसमक्ष यस्तो अनुरोध गरेका हुन् ।

पोखरा देशकै पर्यटकीय राजधानी घोषणा भइसकेको र हाल यहाँबाट करिब ६ खर्बभन्दा बढीको निजी क्षेत्रको लगानी रहेको भन्दै यस्तो अवस्थामा पनि नेपाल पर्यटन बोर्डमा पोखराबाट कुनै प्रतिनिधित्व नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको परिषद्ले जनाएको छ ।

उक्त पत्रमा मन्त्री पाण्डेको कार्यकालमा पर्यटन विकासका क्षेत्रमा देखिएको सक्रियता र योगदानप्रति कृतज्ञता प्रकट गर्दै आगामी योजनाहरू पनि त्यही भावनाअनुरूप अघि बढ्ने आशा व्यक्त गरिएको छ । साथै, पोखरा भ्रमण वर्ष २०२५ को सन्दर्भमा विभिन्न कार्यक्रमहरू अगाडि सारिँदै गइरहेको अवस्थामा जिम्मेवार नेतृत्व र प्रभावकारी नीति आवश्यक रहेको परिषद्ले जनाएको छ ।

पोखरालाई पर्यटकीय राजधानीको रुपमा स्थापित गर्न आवश्यक पूर्वाधार, नीतिगत सहजीकरण तथा सरकारी सहयोग अपरिहार्य रहेको परिषद्को भनाइ छ । पोखराबाट पर्यटन व्यवसायमा प्रत्यक्ष संलग्न व्यवसायीहरूमध्येबाट पर्यटन बोर्डको कार्यकारी सदस्य चयन गरिनुपर्ने परिषद्ले माग गरेको छ ।

परिषद्ले मन्त्री पाण्डेको प्रभावशाली निर्णयबाट पर्यटन क्षेत्रले नवीनतम ऊर्जा प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेको छ ।

पोखरा पर्यटन परिषद्को पत्र :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट