२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई अध्यक्ष अग्रवालको आग्रह

मंगलवार , बैशाख ३०, २०८२

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित आर्थिक रूपान्तरणको मार्गचित्रः उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अर्थमन्त्री आगामी बजेट निर्माणमा घनिभुत भएर लागिरहेको र विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्नेगरी बजेट ल्याउनुपर्ने दायित्व रहेको जिकिर गरे । उनले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले तत्काल गर्नुपर्ने, मध्यकालीन एवं दीर्घकालीन सुधारका सुझावहरू दिएको बताए । उनले केही सुझावहरू आगामी बजेटबाटै कार्यान्वयनमा लैजाने खालका रहेको उल्लेख गरे ।

उजले कतिपय मन्त्रीपरिषद्ले निर्णय गरेर पनि कार्यान्वयनमा लैजान सकिने सुझावहरू आयोगले दिएको बताउँदै आयोगका सुझावहरू कार्यान्वयन होस् भन्ने निजी क्षेत्रको चाहाना रहेको बताए ।

उनले भने, “माननीय मन्त्रीज्यु आगामी बजेट निर्माणमा घनिभुत भएर लागिरहनुभएको छ । उहाँको समग्र ध्यान आगामी बजेटमा नै छ । विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्ने गरी बजेट ल्याउनुपर्ने दायित्व उहाँमा छ । आयोगले पनि सुझाव दिँदा तत्काल गर्नुपर्ने, मध्यकालीन एवम् दीर्घकालीन सुधारका सुझावहरू दिएको छ । कतिपय सुझावहरू आगामी बजेटबाटै कार्यान्वयनमा लैजाने खालका छन् भने कतिपय मन्त्रीपरिषद्ले निर्णय गरेर पनि कार्यान्वयनमा लैजान सकिने विषयहरू छन् । त्यसैले आयोगका सुझावहरू कार्यान्वयन होस् । समयमै होस् भन्ने निजी क्षेत्रको चाहाना छ ।”

उनले सरकारले आयोगले दिएका सुझावहरू कार्यान्वयन नगरे आगामी दिनहरूमा बन्ने आयोगको औचित्य नरहने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट