२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

मुख्यमन्त्री लामाको प्रश्न : सबै क्षेत्रबाट तनाव दिएपछि कसरी आउँछन् लगानीकर्ता ?

बुधवार , जेठ १, २०८२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सबै मिलेर मुलुकमा लगानीको वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित सङ्घियताको कसीमा आर्थिक वर्ष २०८२/०८३ को बजेट छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देश बनाउन सबै क्षेत्रमा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले लगानीकर्तालाई सुरक्षित महसुस गराउन नसक्दा उद्योगधन्दा सञ्चालन गर्न नसकिएको बताए । उनले नेपालमा लगानीकर्तालाई ठग्ने र राजनीतिक तथा अन्य क्षेत्रबाट तनाव दिने गरिएको बताउँदै लगानीको वातावरण सिर्जना नभएको जिकिर गरे ।

उनले प्रदेशलाई आवश्यक अधिकार नहुँदा उद्योगधन्दाहरू सञ्चालन गर्न नसकिएको बताए । मुख्यमन्त्री लामाले सङ्घ सरकारले हेटौँडा सिमेन्ट उद्योग सञ्चालन जिम्मेवारी प्रदान गरे दुई वर्षभित्र नाफामा ल्याउने दाबी गरे । उनले हेटौँडा कपडा उद्योग पनि पुँजी नभएर थन्किएर बसेको जिकिर गरे ।

उनले भने, 'देश बनाउन सबै सुधार गर्नुपर्ने आजको आवश्यकता छ । एक जना मात्रै सुधारिएर हुँदैन । सबै सुधार्नुपर्छ । अहिले इकोनोमिक ग्रोथ किन भएन रु यहाँ इन्भेस्टरहरुलाई ल्याउनुपर्यो। उद्योगधन्दा सञ्चालन गर्नुपर्यो नि । उद्योगधन्दा सञ्चालन गर्न इन्भेस्टरहरु ल्याउनुपर्यो । इन्भेस्टरहरु ल्याउन उनीहरूलाई सुरक्षित गर्नुपर्यो। इनभेस्टर आयो कि ठग्ने भन्ने भएपछि कहाँबाट हुन्छ रु चाहेँ सबै तहले, एक तहले मात्रै होइन, राजनीतिक क्षेत्रबाट होस् यहाँ अरू क्षेत्रबाट होस्, सबै क्षेत्रबाट तनाव दिएपछिको इनभेस्टर आउँछ नेपालमा ? त्यसैले इनभेस्टर आउने वातावरण हामी सबैले बनाउनुपर्छ । अहिले उद्योग धन्दाको कुरा गर्नुभएको छ, प्रदेशमा के अधिकार छ र उद्योगधन्दाको कुरा गर्ने रु हामीलाई हेटौँडा सिमेन्ट उद्योग दिनुस्, दुई वर्षभित्र नाफामा ल्याउँछौँ । हामीलाई दिनुस् कपडा उद्योग, चालु पुँजी नभएर थन्किएर बसेको छ । त्यो हामी गर्छौँ ।'

उनले सङ्घीयताको कार्यान्वयन सही तरिकाले नहुँदा नैराश्यता छाएको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट