२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

प्रधानमन्त्री ओलीसँग युरोपियन युनियनका प्रतिनिधि मण्डलको शिष्टाचार भेट

सोमवार , जेठ ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदुत भेरोनिक लोरेन्जोसहित विभिन्न मुलुकका काठमाडौंस्थित राजदुत र भारतको नयाँ दिल्लीस्थित गैह्रआवासीय राजदुतहरुको उपस्थिति थियो ।

यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि पहिलो पटक युरोपियन युनियनका यति धेरै राजदुतहरु एकै पटक नेपाल आएका हुन् । भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कुटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट