२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मुगुमा पालिका स्तरीय मुक्त हलिया सञ्जाल गठन

बिहिवार , जेठ ९, २०८२

मुगु । मुगुमा जिल्लामा पालिका स्तरीय मुक्त हलिया सञ्जाल गठन गरिएको छ। राष्ट्रिय मुक्त हलिया समाज महासँघ नेपालको आयोजनामा पालिका स्तरीय मुक्त हलिया सञ्जाल गठन गरिएको हो।

बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन गरिएको पालिका स्तरीय मुक्त हलिया सञ्जाल गठन तथा संस्थागत विकासका लागि अभिमुखिकरण कार्यक्रमबाट बहादुर सिंह दमाईको अध्यक्षतामा ९ सदस्यीय छायानाथ रारा नगरपालिका स्तरीय मुक्त हलिया सञ्जाल गठन गरिएको छ।

No description available.

यसअघि बिर्ख बहादुर लावडको नेतृत्वमा ११ सदस्यीय खत्याड गाउपालिका स्तरीय मुक्त हलिया सञ्जाल र हरिलाल भियालको नेतृत्वमा ११ सदस्यीय सोरु गाउपालिका स्तरीय मुक्त हलिया सञ्जाल गठन गरिएको मुगु जिल्ला हलिया मुक्त समाजका अध्यक्ष मनलाल चदाराले बताए ।

पालिका स्तरीय मुक्त हलिया सञ्जाल गठन तथा संस्थागत विकासका लागि अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय मुक्त हलिया समाज महासँघ नेपालका केन्द्रीय अध्यक्ष इश्वर सुनार, कार्यकारी निर्देशक हरि सिंह बोहोराको नेतृत्वमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा छायानाथ रारा नगरपालिकाभरीका सबै वडाहरु बाट सहभागि भएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट