काठमाडौं । प्रतिनिधि सभाको बैठक भोलि बजेसम्मका लागि स्थगित भएको छ । आजको बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेपछि आजको बैठक सरुमै आधा घण्टाका लागि स्थगित भएको थियो । त्यसपछि साढे ३ बजेलाई तय भएपनि विपक्षीले अडान नछाडेपछि भोलिसम्मको लागि बैठक स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले राखेका छन् ।
गृहमन्त्री लेखकले छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने र उच्चस्तरीय छानबिन आयोग समिति गठन गर्नु पर्ने माग गर्दै विपक्षी दलहरुले सदनमा नारावाजी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस