
हलिउड जगतका चर्चित अभिनेत्री मध्य एन्जेलिना जोली एक हुन् । ४५ वर्षिय जोलीको विवाह हलिउड एक्टर ब्राड पिटसँग भएको थियो । जोली ६ सन्तानकी आमा हुन्, जसमध्ये तिनजना धर्मपुत्र हुन् । उनलाई कडा परिश्रम र साहसी महिलाको रुपमा चिनिने गरिन्छ । क्यान्सरको पारीवारीक इतिहासका रहेकी उनलाई स्तनको क्यान्सर भएको थियो । त्यस सँगै उनले स्तन र ओभरीलाई नै निकालेर क्यान्सरमुक्त भएकी थिइन् ।
उनको प्रेरणादायी कथा लारा क्रफ्टः टम्ब राइडर नामक चर्चित फिल्म सन् २००१ मा रिलिज भए सँगै यस कुराको जानकारी बाहिर आएको थियो । हालै हलिउड लाइफ सँगको अन्तर्वातामा जोलीले उनको फिटनेस बारे खुलेर कुरा गरेकी छिन् । ४५ वर्षिय जोली काम सँगै आफुलाई फिट देखाउन अझै पनि सक्षम छिन् ।
डाइट
जोली फिट रहनुको रहस्य उनले नियमित सेवन गर्ने भोजनलाई मुख्य मानिन्छ । उनले सधै पुरानो अन्न मात्रै सेवन गर्ने गर्दछन् , जसमा विभिन्न किसिमका नट्स र अन्न, तरकारी आदीका बिउहरु समावेश हुन्छन् । फाइबर युक्त यस्ता खानेकुराले शरीरलाई स्वस्थ राख्न, पाचन प्रणाली बलियो बनाउनुका साथै छालालाई चम्किलो बनाउँदछ । उनले प्रत्येक दिन ब्रेकफास्टमा ६०० क्यालोरी युक्त खानेकुरा खाने गर्छिन । यस्तै खानामा थोरै मासु, अर्गानिक फलफुल, तरकारी र नट्सहरु खाने गर्दछिन् ।
जीम
जोली हरेक सोमबार देखि शुक्रबार सम्म रुटिन अनुसार जीम जाने गर्दछिन्् । उनी विशेष प्रकारको जीम सर्किट प्रशिक्षण लिने गर्दछिन्, जुन शरीर सन्तुलन, शक्ति र कार्डियो संग सम्बन्धित हुन्छ । उनी प्रख्यात ट्रेनर गुननर पीटरसन दाद्धा डिजाइन गरीएको सपर्कट टे्रनिङमा सहभागी हुन्छिन् । यसले गर्दा जोलीले आफ्नो फिगर चाहेजस्तो मेन्टेन गर्न सक्षम छिन् ।
अभ्यास
एन्जेलिना जोलीले पफेक्ट हलिवुड फिगर बनाइराख्नका लागी प्रत्येक दिन २ घण्टा अभ्यासमा व्यस्त रहन्छिन् । पाँच दिन सम्म प्रशिक्षकको प्रत्यक्ष निगरानीमा अभ्यास गर्दा उनले मांसपेशी र हड्डीहरुलाई विशेष ध्यान दिने गरेकी छन् । जसले गर्दा उनलाई अभिनय गर्दा एकदमै सजिलै हुन्छ । उनले यसमा किकबक्सिक, स्कुवा डाइभिङ, हतियारको ट्रेकिङ, कायकिङ र योगा आदी अभ्यास गर्ने गर्छिन् ।
कम तौल
जोली फिट रहन सधै तौल कम गर्ने गर्दछिन् । कम क्यालोरीयुक्त खाना र बच्चालाई दुध खुवाउनुलाई उनको कम तौलको कारण मानिन्छ । यसबाहेक उनले तौल मेन्टेन गर्नका लागी फलफुल र तरकारीको अत्यधिक प्रयोग गर्ने गर्दछिन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend