
पाकिस्तानी गायक अलि जाफरमाथि गायिका मिशा शफीले केही दिनअघि यौन उत्पीडनको आरोप लगाएकी थिइन् । उनले अलि जाफरमाथि लगाएको आरोप अदालतले खारेज गरिदिएको छ ।
यससँगै अलिले मिशासमक्ष क्षतिपूर्तिका लागि माग गर्दै मानहानीको मुद्दा समेत उठाएका छन् । अदालतले मिशा शफीलाई तीन वर्षको जेल सजाय सुनाएको हाे । यसका लागि नायिकाले सरकारमाथि प्रश्न उठाएकी छिन् ।
मिशाले लगाएको आरोपपछि उनको करियरमा ठूलो क्षति पुग्ने अलीले बताएका छन् ।
अलीले आफूलाई उनको घरको रेकर्डिङ स्टुडियोमा गलत व्यवहार गरेको आरोप मिशाले लगाएकी थिइन् । तर अलीले नायिकाको उक्त आरोप पूर्ण रुपमा अस्वीकार गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend