काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले बढेको जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कारोबार भैरहेको छ । सोमबार छापावाल प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ कायम गरेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस