२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नेपाल चेम्बर र जिम्बावेबीच व्यापार सहजिकरण र लगानी अभिवृद्धिका लागि छलफल

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानीको अवसर, जलवायु परिवर्तनविरुद्धको कदम लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।

राजदूत न्होकोमोसंग चेम्बर अध्यक्ष अग्रवालले भने, ‘नेपाल र जिम्बावेबीच कुटनीतिक सम्वन्ध स्थापित भएको ४ दशक पुग्दैछ, असंलग्न नीति, जलवायु परवर्तन जस्ता महत्वपुर्ण विषयहरुमा अन्तराष्ट्रिय मञ्चहरुमा दुवै देशले सहकार्य गर्दै आएका छौ, ।’ अव आर्थिक क्षेत्रमा पनि सहकार्य गरेर अगाडी बढ्नुपर्दछ, ।’

अध्यक्ष अग्रवालले नेपालमै आवासीय राजदूतावास खोल्नका लागि पहल गर्न समेत राजदूत न्होकोमोसंग प्रस्ताव गरे । दुवै देशमा आवासीय राजदूतावास खोलेर व्यापार सहजीकरण, जलवायु परिवर्तन विरुद्ध सहकार्य, लगानी अभिवृद्धि तथा पर्यटन क्षेत्रमा सहकार्य गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।

दुवै देशलाई फाईदा पुग्नेगरी दुई पक्षीय सहमति गरेर आर्थिक लाभ लिनुपर्ने उनको भनाई छ । नेपाल, जिम्बावेबीचको निजी क्षेत्रबीच बी टु बी भेटवार्ता गर्नुपर्ने अध्यक्ष अग्रवालको भनाई छ ।

नेपालमा लगानीको वातावरण सहज रहेको र प्रतिफल सुनिश्चिता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए । उनले भने, ‘नेपालले अन्तराष्ट्रिय मान्यता प्राप्त संस्थाबाट मुलुकको सार्वभौम क्रेडिट रेटिङ गराउँदा दक्षिण एसियामा नै भारतपछि दोस्रो स्थानमा रेटिङ बीबी माईनस प्राप्त गर्नु हामी निजी क्षेत्रका लागि सुखद कुरा हो ।’ उनले हाईड्रोपावर, पर्यटन लगायतका क्षेत्रका लगानीका लागि पहल गर्न राजदूत न्होकोमोलाई प्रस्ताव गरे । आगामी वर्षको बजेटमा सहज व्यवस्था गरिएकाले वैदेशिक लगानीलाई धेरै नै सहजता प्राप्त गरेको अध्यक्ष अग्रवालले बताए ।

चेम्बर पदाधिकारीसंगको भेटवार्ताका क्रममा राजदूत न्होकोमोले नेपालमा आवासीय राजदूत खोल्नुपर्ने विषयमा आफु गम्भिर रहेको र यसका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् ।

उनले नेपालको जलविद्युत क्षेत्रमा लगानीको सम्भावना रहेको र त्यसका लागि जिम्वावेका निजी क्षेत्रसंग पहल गर्ने समेत बताइन् । नेपालको सगरमाथाले आफुलाई लोभ्याएको भन्दै उनले पर्यटन क्षेत्रमा लगानीको अथाह सम्भावना रहेकोमा जोड दिए । दुई देशबीच आर्थिक सहकार्य र साझेदारीका लागि आफुले पहल गर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट