२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नेपाल–बंगलादेश व्यापार : आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

बुधवार , जेठ २२, २०८२

झापा । आर्थिक वर्ष २०८१÷८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ रुपैयाँ बराबरको मालसामान आयात भएको छ ।

नेपालबाट ३५ करोड ६२ लाख ९७ हजार ८२७ रुपैयाँ बराबरका उत्पादन बङ्गलादेश निर्यात भएका छन् ।

काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै एक अर्ब ७८ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित जुट आयात भएको छ ।

यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री रहेका छन् ।

काँकडभिट्टाबाट ३० करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको खुदो बङ्गलादेश निर्यात भएको छ । यहाँबाट अन्य जडीबुटी, अनिमल फिड, घरायसी सामान निर्यात भएका कार्यालय प्रमुख पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट