२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

आगामी आवको बजेट यथार्थपरक अनुमानको आधारमा निर्माण गरिएको छ : अर्थमन्त्री पौडेल

बुधवार , जेठ २२, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक अनुमानको आधारमा निर्माण गरिएको दाबी गरेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमानमाथि छलफलमा उपप्रधानमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले राजस्व र व्ययको अनुमान यथार्थपरक हुन नसक्दा बजेटप्रतिको विश्वसनीयता र कार्यान्वयनमा समस्या देखिने विगतको अनुभवको गम्भिर भएर आय र व्ययको अनुमान गरिएको बताए ।

मन्त्री पौडेलले चालु खर्च घटाउने तथा पुँजीगत खर्च बढाउने गरी बजेट निर्माण गरिएको बताए । गत आर्थिक वर्षको अर्थतन्त्रका केही तथ्यांकहरु उल्लेख गर्दै मन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य रहेको दाबी गरे ।

उनले भने, ‘हामीले गर्ने प्राप्त राजश्व र व्ययको अनुमान यथार्थपरक हुन नसक्दा अर्थात हामीले निर्माण गर्ने बजेट यथार्थपरक हुन नसक्दा बजेटप्रतिको विश्वसनीयता कमजोर हुने र बजेटको कार्यान्वयन हुने अनुभव हामीसँग प्रशस्त रहेको छ । यही अनुभवका आधारमा आगामी आर्थिक वर्षको नीति, बजेट निर्माण गरिरहँदा, राजश्व र व्ययको अनुमान गरिरहँदा मैले मुलुकको सामुन्नेमा उपलब्ध तथ्यहरुलाई गहिरो गरी आत्मसाथ गरेको छु । राजश्व संकलनको लक्ष्य हामीले चालु आर्थिक वर्षमा ३१ प्रतिशतको अनुमान गरेका थियौँ । त्यही आधारमा चालु आर्थिक वर्षको बजेट थियो । यो लक्ष्य प्राप्त हुनसक्ने कुनै अवस्था रहेन ।’

उनले बजेटले उत्पादन, उत्पादकतव वृद्धि, युवा स्वरोजगार र बैंकिङ भुक्तानीमा लाग्ने भ्याट खारेज लगायत महत्वपूर्ण प्रबन्धहरु गरिएको उल्लेख गरे । बजेटले आयोजना कार्यान्वयनको क्षमता बढाउने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट