२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

पूर्वाधार निर्माणमा बद्मासी भयो भने निर्मम तरिकाले सजाय दिनुपर्छ : उपाध्यक्ष अधिकारी

बुधवार , जेठ २२, २०८२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीले अनुगमन तथा मूल्यांकनमा आफूहरु निर्मम भएर लाग्ने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा तीन करोड मुनिका आयोजना नराख्न आयोगले धेरै मेहनत गरेर सफल भएको बताए । कानूनहरु सहजीकरण गर्नका लागि बनाइनुपर्ने भन्दै बद्मास भए निर्मम तरिकाले सजाय दिनुपर्ने माग गरे ।

उनले अब स्रोत सुनिश्चित भएका आयोजनाहरुको अनुगमन र मूल्यांकनमा आफू निर्मम हुने बताए ।

उपाध्यक्ष अधिकारीले भने, ‘तीन करोड मुनीका आयोजनालाई बजेटमा नराख्न धेरै मेहनत गर्नुपर्यो । यो सफल हुदैन भनेर धेरैले भन्थे पनि तर सफल भएरै छाड्यो र अब हामी योजना आयोग मोनिटरी सुपरिभिजन योजना आयोगको काम हो । अर्ब निर्मम तरिकाले गछौंँ हामी । स्रोत सुनिश्चित गरेपनि कुनकुन ठाउँमा कसरी आयोजना अघि बढेका छन । हामीले निर्मम रुपमा हेर्छौं ।’

उनकाअनुसार निर्माण व्यवसायी पहिल्यै बद्मास हुन्छन् भनेर कानून बनाइँदा समस्या भएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट