२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात, गत वर्षभन्दा ५.४० प्रतिशत कम

बिहिवार , जेठ २३, २०८२

झापा । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रुपैयाँ अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ ।

आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजार रुपैयाँले बढेको उनले बताए ।

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । उक्त अवधिमा सात अर्ब ३४ करोड ११ लाख रुपैयाँ मूल्य पर्ने ८४ हजार ३०० किलोलिटर पेट्रोल आयात भएको थियो ।

यसैगरी, पाँच अर्ब ५३ करोड ९६ लाख रुपैयाँ मूल्य पर्ने ५९ हजार ९७६ किलोलिटर डिजेल आयात भएको छ ।

चालु आवको १० महिनामा दुई अर्ब ३४ करोड रुपैयाँ मूल्य पर्ने २१ हजार १०६ मेट्रिक टन एलपी ग्यास, ५५ करोड ९४ लाख रुपैयाँ मूल्य पर्ने छ हजार ६० किलोलिटर एटिएफ र १९ करोड ६९ लाख रुपैयाँ मूल्य पर्ने दुई हजार १५२ किलोलिटर मट्टितेल आयात भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट