२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको अधिकारमा देखिएको ग्याप हटाउनुपर्छ : विद्यादेवी भण्डारी

शुक्रवार , जेठ २४, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको अधिकारमा देखिएको ग्याप हटाउनुपर्ने बताएकी छन् ।

विराटनगरमा आजबाट शुरु भएको उप प्रमुखहरूको राष्ट्रिय भेलामा बोल्दै भण्डारीले उपप्रमुख तथा उपाध्यक्षलाई संविधानले दिएको अधिकारमा पनि विभिन्न समस्या देखिने गरेको बताइन् ।

भण्डारीले महिला जनप्रतिनिधिहरूले भोग्ने गरेको समस्याको बारेमा थाहा पाएको उल्लेख गरिन् । भण्डारीले राजनीतिक दलहरूको गठबन्धनका नाममा महिलाहरूको प्रतिनिधित्व घटेको बताइन् । गठबन्धनका नाममा महिलाको प्रतिनिधित्व घट्ने विषयमा दलहरूले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

उनले राजनीतिक दलका कार्यकर्ता र जनप्रतिनिधिहरूको ध्यान सुशासन र विकासतर्फ जानु पर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट