२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दैछ : पूर्वराष्ट्रपति भण्डारी

शनिवार , जेठ २५, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दै गएको बताएकी छन् । झापाको बिर्तामोडमा सनिवारदेखि सुरु कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै उनले वैज्ञानिक दृष्टिकोणबाट समृद्धि हासिल गर्न सकिने बताएकी हुन् ।

नेकपा एमाले कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको प्रदर्शनीमा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले परिवर्तनको आधार नै विज्ञान प्रविधि भएकाले सामाजिक, राजनीतिक,नीजि क्षेत्र र राज्य पक्षले यसमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

No description available.

नेपाली विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधिमा दक्ष बनाएर विश्वस्तरीय प्रतिस्पर्धि बनाउन आवश्यक रहेको भन्दै विज्ञान प्रदर्शनी जस्ता कार्यक्रमहरु आयोजना गर्न जरुरी रहेको धारणा व्यक्त गरिन् । विज्ञान तथा प्रविधिमा दक्ष बनाउने हामी सबैको दायित्व हो, उनले भनिन्,‘ विज्ञानलाई प्रयोगशालामा मात्र सिमित गर्न हुदैन, यसलाई विकाससँग जोडेर लैजानुपर्छ ।’

No description available.

विद्यालय तहबाटै विद्यार्थीहरुलाई वैज्ञानिक सोच र प्रविधिमा रुची जगाउन आवश्यक रहेको बताउँदै उनले शिक्षामा भौतिकसँगै प्रविधिमा लगानी गर्न आवश्यक रहेको बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको बालबालिकाहरुलाई पाठ्यक्रममा मात्र सिमित बनाउन नहुने धारणा व्यक्त गरिन् । बालबालिकाहरुलाई वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि सम्भव हुने बताइन् ।

बिर्तामोडस्थित देवि माविको प्राङगणमा जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितात्मक विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन समारोहमा नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राई, कोशी प्रदेशका सचिव राजकुमार भण्डारी, देवी माविको प्रअ अम्बिका श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा पार्टीका विभिन्न तहका नेतृत्वहरुको सहभागिता रहेको थियो ।

No description available.

प्रदर्शनीमा प्रथम हुने विद्यालयले चार लाख, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख र सान्त्वना हुनेले एक लाख नगद पुरस्कार प्राप्त गर्ने विभागका प्रमुख गणेश पोखरलले जानकारी दिए । प्रदर्शनीमा १२ जिल्लाका ७० वटा विद्यालय सहभागी भएका छन् । विद्यालयहरुले स्टलमार्फत विज्ञान प्रदर्शनी गरिरहेका छन् भने विद्यार्थी र सहभागी शैक्षिक सरोकारवाला, पार्टी नेतृत्वहरुले अवलोकन गरिरहेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट