काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सेबोन अहिले नियामकीय क्षमता वृद्धिको दिशातर्फ अघि बढेको बताएका छन् ।
आज आइतबार सेबोनको ३३औँ वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले भने, ‘मैले देखेको पुँजी बजारको तीव्र विस्तारमा बोर्डको नियामकीय क्षमता बढेको छैन। बजार वृद्धिको तुलनामा नियामकीय क्षमता बढाउनु चुनौती हो। बोर्ड अहिले त्यही दिशामा छ ।’
कार्यक्रममा अध्यक्ष श्रेष्ठले बजार विस्तारको तुलनामा सेबोनको क्षमता बढ्न नसकेको बताएका हुन्।
वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पनि अध्यक्ष श्रेष्ठलाई विभिन्न सुझाव दिएका थिए ।
अर्थमन्त्री पौडेलले बिचौलियाको प्रभावमा नपरेर स्वतन्त्र रुपमा काम गर्न श्रेष्ठलाई सुझाव दिए । बोर्डलाई प्रभाव र दबाबमा पार्ने धेरै हुने भएकोले त्यसबाट माथि उठेर काम गर्न पनि उनले सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस