२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

चार हाइड्रोपावरको सेयरमा असारभित्र सकिँदै ‘लकइन’ अवधि

सोमवार , जेठ २७, २०८२

काठमाडौं । चार वटा हाइड्रोपावर कम्पनीको असार महिनाभित्र स्थानीय तथा संस्थापक सेयरको ‘लकइन’ अवधि सकिने भएको छ ।

विन्ध्याबासिनी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको असार महिनामा लकइन अवधि सकिन लागेको हो ।

लकइन अवधि सकिएको भोलिपल्टबाट यी सेयर साधारणसरह, उही मूल्यमा कारोबारमा आउँछन् । विन्ध्यबासिनी हाइड्रोपावरको कुल ९६ लाख ७१ हजार ८८ कित्ता सेयरमा असार २ गते लकइन अवधि समाप्त हुने भएको छ ।

त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको संस्थापक, स्थानीय प्रभावित र कर्मचारीको गरी कुल ८४ लाख १२ हजार ९६० कित्ता सेयरमा असार ७ गते लकइन अवधि सकिने भएको छ ।

हिमालयन हाइड्रोपावर कम्पनीको कुल ९० लाख २१ हजार ११५ कित्ता सेयरमा असार २७ गते र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता सेयरमा असार २९ गतेदेखि लकइन अवधि सकिने भएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट