२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

वैशाख महिनामा भित्रियो एक खर्ब ६५ अर्ब रेमिट्यान्स, हालसम्मकै उच्च

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । २०८२ को वैशाख महिनामा मात्र एक खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । यो हालसम्मकै उच्च हो ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको वैशाखको तुलनामा यसपालि ४९ अर्ब ३१ करोड रुपैयाँले रेमिट्यान्स बढेको हो ।

गत वर्षको वैशाखमा एक खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । उक्त वैशाख मसान्तसम्मको तुलनामा आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रेमिट्यान्स १३.२ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका निम्ति संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख पाँच हजार ६१० छ । र, पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ८० हजार ३१४ छ ।

अघिल्लो वर्षको सोही अवधिमा संस्थागत तथा व्यक्तिगत गरी नयाँ अन्तिम श्रम स्वीकृति लिनेको संख्या तीन लाख ७३ हजार ३०७ थियो । र, पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ३६ हजार ३९८ थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट