२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

दश महिनामा २ दशमलव १ प्रतिशतले बढ्यो आन्तरिक कर्जा

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को दश महिनामा कुल आन्तरिक कर्जा २ दशमलव १ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा यस्तो कर्जा ५.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २४.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १२.० प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा यस्तो दाबी १०.५ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.७ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार वार्षिक बिन्दुगत आधारमा २०८२ वैशाख मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ८.० प्रतिशतले बढेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट