२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

प्रदेश सरकारहरूले आज बजेट प्रस्तुत गर्ने

आइतवार , आषाढ १, २०८२

काठमाडौं । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/०८३ का लागि आज बजेट प्रस्तुत गर्दैछन्।

आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेका हुन्।

संघीय सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने र प्रदेश सरकारहरूले असार १ गते बजेट ल्याउने संविधानमै व्यवस्था छ।

कोशी प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले दिउँसो ३ बजे प्रदेश सभा समक्ष बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी मधेस प्रदेशमा अर्थमन्त्री सुनीलकुमार यादवले अपराह्न ४ बजे प्रदेश सभा समक्ष बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

बागमती प्रदेशमा दिउँसो ३ बजे प्रदेश सभामा बजेट प्रस्तुत हुने बताइएको छ ।

त्यस्तै, गण्डकी र लुम्बिनीमा पनि आर्थिक मामिला मन्त्रीले बजेट प्रस्तुत गर्दैछन्।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट