२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

१० अर्ब ऋण लिनका लागि प्राधिकरणलाई अर्थले दियो सहमति

मंगलवार , आषाढ ३, २०८२

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणलाई १० अर्ब ऋण लिनका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ।

अर्थ मन्त्रालयले सोमबार प्राधिकरणले पठाएको प्रस्तावमा सहमति जनाएको हो । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, ‘मंगलबार पत्र बनेर ऊर्जा मन्त्रालयमा पठाइनेछ।’ अर्थबाट ऊर्जामा पत्र पुगेपछि प्राधिकरणमा पठाइन्छ। ऊर्जाबाट पत्र प्राप्त भएपछि प्राधिकरणले ऋण लिने प्रक्रियालाई अगाडि बढाउनेछ।

प्राधिकरणले नगद अभावमा सहायक कम्पनीका आयोजनामा काम गरेबापत निर्माण व्यवसायीको भुक्तानी दिन सकेको छैन । सोही भुक्तानी दिन पैसा अभाव भएको भन्दै प्राधिकरणले ऋण लिने प्रस्तावमा सहमतिका लागि अर्थलाई पत्र पठाएको थियो।

असार मसान्तअघि नै सहायक कम्पनीका निर्माण व्यवसायीलाई भुक्तानी दिन नसके साउनदेखि काम रोकिने भएपछि प्राधिकरणले ऋण लिन खोजेको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट