२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सुनचाँदीको मूल्य घट्यो

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँ र चाँदी २५ रुपैयाँ घटेको छ।

सुनको कारोबार मूल्य प्रति तोला १ लाख ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। यसअघि ९ सय रुपैयाँ बढ्दा बुधबार प्रति तोला १ लाख ९५ हजार ९ सय रुपैयाँ भएको थियो।

आज चाँदी प्रति तोला २ हजार २ सय रुपैयाँ कायम भएको छ। यसअघि ६५ रुपैयाँ बढ्दै बुधबार कारोबार मूल्य प्रति तोला २ हजार २ सय २५ रुपैयाँ भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस ३३७२.७९ डलर र चाँदी प्रति औंस ३६.७६ डलरले कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट