२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

प्रभु क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । प्रभु क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।

प्रभु क्यापिटलले जेठ २३ गतेदेखि प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमको इकाई बिक्री खुला गरेको हो ।

क्यापिटलले सर्वसाधारणलाई प्रतिइकाई १० रुपैयाँ दरले यो खुलामुखी म्युचुअल फण्ड योजनाको इकाई बिक्री खुला गरेको हो ।

स्किमको कुल इकाई आकार ४ करोडका ७.५ प्रतिशत अर्थात् ३० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र ७.५ प्रतिशत योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ भने बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ३१ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी सदस्य बैंक तथा वित्तीय संस्थाहरूको तोकिएको शाखा कार्यालयहरूमा आवेदन दिन सक्नेछन् ।

खुलामुखी योजना भएकाले इकाई बाँडफाँटपछि भने योजना व्यवस्थापक र योजना व्यवस्थापकले तोकेको वितरकको मध्यमबाट इकाई खरिदबिक्री गर्न सकिनेछ । इकाई बाँडफाँट भएको ३ महिनाभित्र वितरक तोकिने योजना व्यवस्थापक प्रभु क्यापिटलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट