२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

कोशी प्रदेश अन्तरसरकारी वित्तिय हस्तान्तरण : मोरङले पायो ६० करोड २५ लाख

शुक्रवार , आषाढ ६, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले असार १ गते ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट  सार्वजनिक गरेको थियो । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम रानामगरले उक्त बजेट सार्वजनिक गरेका हुन् ।

सार्वजनिक बजेट अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय बिहिबार साँझ अन्तर सरकारी वित्तीय हस्तान्तरण (स्थानीय तह) २०८२/८३ सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण २०८२/०८३ अनुसार कोशी प्रदेशका १३७ स्थानीय तहले ४ अर्ब ७० करोड ७२ लाख ६४ हजार बजेट पाएका छन् ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान, विशेष अनुदान, सर्शत अनुदान र समपुरक अनुदान गरी विभिन्न शीर्षकमा अनुदान दिन्छ । सोही शिर्षकमा स्थानीय तहलाई प्रदेश सरकारले पनि अनुदान पठाउँछ र स्थानीय तहले सोही अनुसार बजेट बनाउँछन् ।

संघीय सरकारले जेठ १५ गते बजेट ल्याउँछ भने प्रदेश सरकारले असार १ गते बजेट ल्याउँछन् । स्थानीय तहले असार १० गते भित्र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।

कुन जिल्लाले कति पाए ?

१४ जिल्लाका १३७ स्थानीय तह रहेको कोशी प्रदेशमा सबैभन्दा बढी बजेट मोरङले पाएको छ ।

एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ स्थानीय तह रहेको मोरङले ६० करोड २५ लाख ३४ हजार रुपैयाँ बजेट प्राप्त गरेको छ । विराटनगर महानगरपालिकाले ७ करोड ७८ लाख ९४ हजार बजेट पाएको छ ।

आठ नगरपालिकाले २८ करोड ७१ लाख ६६ हजार बजेट पाएका छन् भने आठ गाउँपालिकाले २३ करोड ६७ लाख ७१ हजार बजेट पाएका छन् ।

सबैभन्दा बढी उर्लाबारी नगरपालिकाले ४ करोड ५० लाख ४६ हजार बजेट पाएको छ भने सबैभन्दा कम लेटाङ नगरपालिकाले २ करोड ८० लाख ७१ हजार बजेट पाएको छ ।

आठ गाउँपालिकामा बुढीगंगा गाउँपालिकाले सबैभन्दा बढी ३ करोड ९३ लाख ९७ हजार बजेट पाएको छ भने सबैभन्दा कम कानेपोखरी गाउँपालिकाले २ करोड ७१ लाख ७३ हजार रुपैयाँ बजेट प्राप्त गरेको छ ।

त्यसैगरी बजेट पाउनेमा दोस्रो झापा रहेको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीको गृहजिल्ला समेत रहेको झापामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । विनियोजित बजेटमध्ये झापाले ५९ करोड ०६ लाख ४३ हजार बजेट पाएको छ । जसमा नगरपालिकाहरुले ३७ करोड ७२ लाख ४९ हजार बजेट प्राप्त गरेका छन् भने गाउँपालिकाहरुले २१ करोड ३३ लाख ९४ हजार बजेट प्राप्त गरेका छन् ।

विर्तामोड नगरपालिकाले सबैभन्दा ५ करोड ७७ लाख ६८ हजार रुपैँया बजेट पाएको छ । सबैभन्दा कम शिवसताक्षी नगरपालिकाले ३ करोड ८७ लाख ९३ हजार रुपैँया बजेट प्राप्त गरेको छ ।

झापाको गाउँपालिकामध्ये सबैभन्दा बढी बजेट पाउनेमा बुद्धशान्ती गाउँपालिका रहेको छ । जसले ३ करोड ६२ लाख ३८ हजार रुपैयाँ बजेट पाएको छ भने सबैभन्दा कम हल्दिबारी गाउँपालिकाले २ करोड ५९ लाख ७४ हजार रुपैयाँ बजेट पाएको छ ।

त्यसैगरी दुई उपमहानगरपालिका, चार वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको सुनसरीले ४८ करोड ४१ लाख ९५ हजार रुपैँया बजेट प्राप्त गरेको छ ।

इटहरी उपमहानगरपालिकाले ४ करोड ८२ लाख ९६ हजार रुपैया बजेट पाउँदा धरान उपमहानगरपालिकाले ७ करोड ७३ लाख ७४ हजार रुपैँया बजेट पाएको छ ।

चार नगरपालिका रहेको सुनसरीमा बराह नगरपालिकाले ५ करोड १३ लाख ०६ हजार बजेट पाउँदा रामधुनी नगरपालिकाले सबैभन्दा कम ३ करोड ९७ लाख ९६ हजार बजेट पाएको छ । ६ गाउँपालिका रहेकोमा सबैभन्दा कम बजेट कोशी गाउँपालिकाले २ करोड ५९ लाख ४२ हजार रुपैँया प्राप्त गरेको छ भने सबैभन्दा बढी भोक्राहा नरसिंह गाउँपालिकाले ३ करोड ७० लाख ६३ हजार रुपैया बजेट प्राप्त गरेको छ ।

चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरले २८ करोड ३६ लाख ७२ हजार बजेट पाएको छ । चार नगरपालिकामा सबैभन्दा बढी बजेट त्रियुगा नगरपालिकाले ५ करोड ९५ लाख ६० हजार प्राप्त गरेको छ भने सबैभन्दा कम बेलका नगरपालिकाले ३ करोड ३१ लाख ८९ हजार रुपैँया बजेट प्राप्त गरेको छ ।

उदयपुरको उदयपुर गाउँपालिकाले सबैभन्दा बढी ३ करोड ७७ लाख ५२ हजार बजेट प्राप्त गरेको छ भने सबैभन्दा कम लिम्चुङबुङ गाउँपालिकाले २ करोड ४४ लाख ३४ हजार बजेट प्राप्त गरेको छ ।

त्यस्तै एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगा जिल्लाले २३ करोड ०५ लाख २४ हजार बजेट प्राप्त गरेको छ । सिद्धिचरण नगरपालिकाले २ करोड ८४ लाख २१ हजार बजेट पाएको छ । सात गाउँपालिकाले २० करोड २१ लाख ०३ हजार बजेट प्राप्त गरेका छन् । सबैभन्दा बढी बजेट लिखु गाउँपालिकाले ३ करोड १३ लाख ४६ हजार बजेट प्राप्त गरेको छ भने सबैभन्दा कम खिजीदेम्बा गाउँपालिकाले २ करोड ६८ लाख २२ हजार बजेट प्राप्त गरेको छ ।

२३ करोड ४२ लाख ९२ हजार बजेट पाएको सोलुखुम्बुमा एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । सोलुदुधकुण्ड नगरपालिकाले ३ करोड ३८ लाख ६६ हजार रुपैया बजेट प्राप्त गरेको छ । सात गाउँपालिकाले २० करोड ०४ लाख २६ हजार बजेट प्राप्त गरेका छन् ।

दुई नगरपालिका र ८ गाउँपालिका रहेको खोटाङले ३८ करोड ९७ लाख ५३ हजार रुपैयाँ बजेट पाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ८ करोड ६८ लाख ४२ हजार बजेट पाउँदा हलेसी तुवाचुङ नगरपालिकाले भने ३ करोड ९१ लाख ७१ हजार रुपैँया बजेट प्राप्त गरेको छ । आठ गाउँपालिकाले २६ करोड ३६ लाख ४० हजार बजेट प्राप्त गरेका छन् ।

त्यसैगरी ३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटाले १८ करोड ३८ लाख ५२ हजार रुपैया बजेट प्राप्त गरेको छ । जसमा नगरपालिकाहरुले ४ करोड २४ लाख ८२ हजार बजेट प्राप्त गरेका छन् भने गाउँपालिकाहरुले १० करोड १४ लाख ७१ हजार रुपैँया बजेट प्राप्त गरेका छन् ।

२ नगरपालिका र ७ गाउँपालिका रहेको भोजपुरले ३१ करोड ५० लाख ९८ हजार रुपैया बजेट प्राप्त गरेकोमा २ नगरपालिकाले ९ करोड ८ लाख २६ हजार रुपैया प्राप्त गरेका छन् भने ७ गाउँपालिकाले २२ करोड ४२ लाख ६२ हजार रुपैया बजेट प्राप्त गरेका छन् ।

५ नगरपालिका र ५ गाउँपालिका रहेको संखुवासभाले ३१ करोड १२ लाख ६९ हजार रुपैँया बजेट प्राप्त गरेको छ । जसमा नगरपालिकाहरुले १६ करोड ६४ लाख ०८ हजार पाएका छन् भने गाउँपालिकाहरुले १४ करोड ४८ लाख ७१ हजार रुपैँया प्राप्त गरेका छन् ।

४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाम जिल्लाले ३३ करोड १६ लाख ५१ हजार बजेट पाएको छ । जसमा नगरपालिकाले १४ करोड २० लाख २८ हजार पाएका छन् भने गाउँपालिकाले १८ करोड ९७ लाख २३ हजार पाएका छन् ।

७ गाउँपालिका र एक नगरपालिका रहेको पाँचथरले २४ करोड ५१ लाख ७४ हजार बजेट प्राप्त गरेको छ । एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङले ३३ करोड ११ लाख ४८ हजार प्राप्त गरेको छ ।

एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरले २४ करोड ५१ लाख ७४ हजार रुपैया बजेट प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट