२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च ४२ प्रतिशत मात्र

शनिवार , आषाढ ७, २०८२

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत बजेटमात्रै खर्च गरेको छ ।

चालु आव २०८१र८२ को साउनदेखि जेठ मसान्तसम्मको ११ महिनाको अवधिमा प्रदेश सरकारले कूल विनियोजित बजेटको ४२ दशमलव २७ प्रतिशत अर्थात् रु १३ अर्ब ३३ करोड चार लाख खर्च गरेको हो ।

सो अवधिमा प्रदेश सरकारले चालुतर्फ रु छ अर्ब ९७ करोड दुई लाख र पुँजीगततर्फ रु छ अर्ब ३६ करोड दुई लाख खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी रु पाँच अर्ब ७९ करोड ३३ लाख बजेट खर्च गरेको छ ।

सामाजिक विकास मन्त्रालयले रु दुई अर्ब ८६ करोड ७३ लाख, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु ९९ करोड ६७ लाख र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु ९२ करोड ७६ लाख खर्च गरेको उनले जानकारी दिए ।

कार्यालय प्रमुख जोशीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रु १६ करोड ७५ लाख, आर्थिक मामिला मन्त्रालयले रु ११ करोड ९२ लाख र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले रु पाँच करोड २१ लाख खर्च गरेको छ ।

त्यस्तै, प्रदेश व्यवस्थापिकाले रु १३ करोड ४१ लाख, प्रदेश नीति तथा योजना आयोगले रु दुई करोड ११ लाख र प्रदेश लोकसेवा आयोगले रु ४४ लाख खर्च गरेको उनले जानकारी दिए। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले चालु आवका लागि कूल रु ३१ अर्ब ६२ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । त्यसमध्ये, चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख बजेट विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट