२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

नवलपुरका तीन स्थानमा सडक अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

सोमवार , आषाढ ९, २०८२

तिर्थराज काफ्ले

कावासोती । अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का तीन स्थानमा सडक अवरुद्ध भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनाका अनुसार डाइभर्सन बगाउँदा र पहिरोका कारण प्रमुख राजमार्गसहित अन्य दुई सडक खण्ड पूर्ण र आंशिकरूपमा बन्द भएका हुन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा अस्थायी डाइभर्सन बगाउँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। केहि दिन अगाडि डाइभर्सन बगाउँदा ३८ जना यात्रु र बस खोलामा फसेर उदार गरिएको थियो। हाल उक्त खण्ड पूर्णरूपमा दुबैतर्फबाट सवारीका लागि अवरुद्ध गरिएको छ।

त्यसैगरी, बुलिङटार गाउँपालिका १ तारङखोला सडक खण्ड (कालीगण्डकी कोरिडोर) मा पहिरो खस्दा ठूलो सवारीका लागि आवागमन बन्द गरिएको छ।

विनयी त्रिवेणी गाउँपालिका–३ स्थित खोरण्डी खोलामा पनि वर्षाका कारण पानीको बहाव बढ्दा सवारी आवागमन रोकिएको छ।

प्रहरीले प्रभावित सडक खण्डहरूमा यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै, यात्रु तथा सवारी चालकहरूलाई आवश्यक जानकारीका लागि जिल्ला ट्राफिक कार्यालयसँग सम्पर्क राख्न अनुरोध गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट