२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

पुन–गिरीले भ्रम सिर्जना गरेको भन्दै लुम्बीनी काङ्ग्रेसमा चर्को असन्तुष्टी

बुधवार , आषाढ ११, २०८२

दाङ, असार ११ — लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुन र समानुपातिक सांसद तथा सहमहामन्त्री निमा गिरी पार्टी नेतृत्व र सरकारविरुद्ध भ्रामक गतिविधिमा सक्रिय भएपछि तीव्र आलोचनाको भएको छ । पार्टीभित्रै उनीहरूका गतिविधिप्रति असन्तुष्टि चुलिँदै गएको छ भने लुम्बिनी कांग्रेस कार्यसमितिले अब स्पष्टीकरण माग्ने तयारी गरेको छ।

पुनले अनधिकृत रूपमा बजेट शाखामा हस्तक्षेप गर्न खोजेको र सोही कारण आर्थिक मामिला तथा योजना मन्त्रालयबाट सुरक्षाकर्मी परिचालन गरी हटाइएको थियो। कर्मचारीहरूले मन्त्रालयमा ताला लगाएर बाह्य हस्तक्षेप रोक्दै बजेट निर्माण गरेका थिए।

पुन र गिरीले बजेट प्रक्रियामा असहमति जनाउँदै सरकारलाई बदनाम गर्ने उद्देश्यले ‘मन्त्री फिर्ता बोलाउने’जस्ता भ्रामक समाचार प्रवाह गराएको संसदीय दलको बैठकले निष्कर्ष निकालेको छ।

कांग्रेस संसदीय दलद्वारा झट्का

सोमबार मसुरियास्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले पुन र गिरीको भूमिकाप्रति असन्तोष जनाउँदै भ्रम फैलाउने कार्यलाई खारेज गरेको हो। प्रमुख सचेतक जमुना ढकालले जारी गरेको विज्ञप्तिमा मन्त्रीहरू फिर्ता बोलाउनेबारे कुनै निर्णय नभएको उल्लेख गरिएको छ।

‘यथार्थबिना सार्वजनिक गरिने समाचारले पत्रकारिता र लोकतन्त्र दुबैलाई क्षति पुर्याउँछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस सरकारलाई सुदृढ बनाउन कटिबद्ध छ।’

अनुशासनहीनता र गुटबन्दीको आरोप

सभापति पुनले विगतमा पनि पार्टी निर्देशन अवज्ञा गर्दै गुटगत स्वार्थ अघि सारेका थिए। उनले गुट परिवर्तन गरेर गगन थापा समूहमा लागे पनि कार्यशैली उही पुरानै रहेको आरोप लाग्दै आएको छ। पुनले अघिल्लो कार्यकालमा डा. शेखर कोइरालाको निर्देशन नमान्दा मन्त्री पद नै खाली रहनु परेको थियो।

यस्तै, सहमहामन्त्री निमा गिरीले पनि सचेतक पदबाट राजीनामा दिएपछि सरकारविरुद्ध सक्रियता बढाएको आरोप छ। पार्टी सहभागी सरकारको बजेटमाथि झुटा समाचार लेखाउने कार्य पुनको निर्देशनमा गरिएको खुलेको छ।

कपिलवस्तु कांग्रेस सभापतिलाई पनि दबाब

पुनको निर्देशनमा मन्त्रीविरुद्ध विज्ञप्ति जारी गरेका कपिलवस्तु कांग्रेस सभापति अब्दुल कलामलाई पनि कार्यकर्ताहरूले जवाफदेही बनाउने तयारी गरेका छन्। अनुशासनविपरीतको कार्य गरेको भन्दै कलामको सभापति पदसमेत धरापमा परेको कांग्रेस स्रोतको दाबी छ।

पार्टीभित्र नै आलोचना, कार्यसमितिमा निर्णयको तयारी

पुन–गिरीको गतिविधिबाट पार्टीको छविमा धक्का लागेको भन्दै लुम्बिनी कांग्रेसका अधिकांश पदाधिकारीहरू असन्तुष्ट छन्। अब बस्ने कार्यसमिति बैठकमा औपचारिक रूपमा पुनसँग जवाफ मागिने तयारी भएको एक पदाधिकारीले बताए।

सभापति जस्तो जिम्मेवार पदमा रहेर अनधिकृत रूपमा सरकारको काममा हस्तक्षेप गर्नु, भ्रामक समाचार लेखाउने काम गर्नु, र पार्टीकै सरकारमाथि औपचारिक रूपमा आक्रोश पोख्नु कुनै पनि हिसाबले राजनीतिक नैतिकताको दायराभित्र पर्दैन। पुन–गिरीको यस्तो व्यवहारले कांग्रेसभित्रै नयाँ बहसको ढोका खोलेको छ।

 

  • यसअघि प्रकाशित समाचारमा भएको  त्रुटी सच्चाइएको छ।  -  सम्पादक 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट