काठमाडौं । विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सुरु भएको छ ।
पतञ्जली जग्गा प्रकरणमा दायर भएको मुद्दामा बयान दिनका लागि नेपाल आज आफैं अदालत पुगेका हुन् ।
अदालतको इजलास नम्बर २ मा न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले नेपालको बयान लिन थालेका छन् । बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
नेपालले यसअघि अदातलमा उपस्थित हुन पाउँ भन्दै अदालतमा निवेदन दर्ता गराएका थिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले माधव नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।
प्रतिक्रिया दिनुहोस