२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

डा.मुकुल ढकालको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा.मुकुल ढकालले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

न्यायाधीश कुमार रेग्मीको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै डा. मुकुल ढकालको रिटमा अन्तरिम आदेश छलफलका लागि निर्वाचन आयोग र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि डाकेको हो ।

डा। मुकुलले प्रतिवादी बनाएका दुवैलाई आगामी असार १७ गते मंगलबार उपस्थित हुन सूचीत गर्ने आदेश गरेको छ ।

रास्वपाले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री बनाएपछि उनले रास्वपाका सभापति रवि लामिछाने, महामन्त्री बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाई बुधबार सर्वोच्चमा रिट दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट