२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

सिमकोट केही दिनमा नै राष्ट्रिय सडक संजालसँग जोडिनेः प्रधानमन्त्री

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक संजालसँग जोडिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक संजालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको उल्लेख गरेका छन् ।

“हालसम्म राष्ट्रिय सडक संजालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक संजालमा जोडिने भएको छ । हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ । यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ,” प्रधानमन्त्री ओलीले सामाजिक संजालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट