२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

उद्योग संगठन मोरङद्वारा दुई वर्षे रणनीतिक योजना सार्वजनिक

शुक्रवार , आषाढ १३, २०८२

बिराटनगर । उद्योग संगठन मोरङले दुई वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । दुई वर्षे कार्यकालका लागि नवनिर्वाचित नेतृत्वले पाँच बुँदे रणनीतिक कार्य योजना सार्वजनिक गरेको हो ।

बिहीबार साँझ बिराटनगरमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित अध्यक्ष नन्दकिशोर राठीले रणनीतिक कार्य योजना सार्वजनिक गरेका हुन् ।

अध्यक्ष राठी संगठनको ५२औँ वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका थिए । उनले मुलुकको औद्योगिक वातावरणलाई थप सुदृढ बनाउँदै औद्योगिकीकरणको प्रवर्द्धन गर्ने, उद्यमशीलताको विकास गर्ने र नीति वकालतलाई सशक्त पार्ने नेतृत्वदायी संस्थाका रूपमा संगठनलाई उभ्याउने प्रतिबद्धता जनाए । उनले २०८२–२०८४ को दुई बर्षे कार्यकालमा मुलुकको औद्योगिक क्षेत्र फस्टाउने वातावरण निर्माण गर्न सरकार समक्ष आग्रह गरे ।

औद्योगिक वातावरण बनेमात्रै उद्योग व्यवसाय सशक्त हुने, व्यावसायिक सहकार्य बलियो बन्ने र दिगो आर्थिक विकासको आकांक्षा पूरा हुने बताए । साथै, लगानीको वातावरण निर्माण गर्न र सहज बनाउन नीति निर्माणमा पहल गर्ने, व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सेवा प्रदान गर्ने र उद्यमशीलताको विकास, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने प्रमुख प्राथमिकता तय गरेको बताए ।

नवनिर्वाचित कार्यसमितिले अघि सारेको दुई वर्षे रणनीतिक कार्ययोजनाले कोशी प्रदेशको उद्योग व्यवसाय क्षेत्रलाई अझ स्मार्ट बनाउने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताए । कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले नीति क्षेत्रको समस्या समाधान गर्न प्रदेश सरकारले समेत आवश्यक सहयोग गरिरहेको बताउँदै लगानी प्रवर्द्धनमा सहकार्य गर्दै आएको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट