२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको दैलोमा

आइतवार , श्रावण १०, २०८३

काठमाडौँ । प्राङ्गाारिक मलको प्रयोग बढाउन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी किसानको दैलोमा पुगेकी छन् ।

धनुषाको विभिन्न स्थानको अवलोकन गर्दै मन्त्री चौधरीले महिला कृषकद्वारा सञ्चालित कस्टम हायरिङ सेन्टर, माछा पालन, आँप बगैंचाको अवलोकन गरेकी हुन् ।

कृषिमन्त्री चौधरीले किसानको खेतमा पुगेर स्थानीय स्रोतले बनेका गोठे मल, प्राङ्गारिक मललगायत प्रयोग बढाउन आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

रासायनिक मलमाथिको निर्भरता पनि  घटाएर  दीर्घकालीनरुपमा माटोको सुधार गर्न सकिने मन्त्री चौधरीको भनाइ छ ।

धनुवाको लक्ष्मीनियाँ गाउँपालिका–७ स्थित महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित कस्टम हायरिङ केन्द्रको मन्त्री चौधरीले निरीक्षण गरेकी हुन् ।

यसैगरी, मन्त्री चौधरीले बटेश्वर गाउँपालिका–५, शान्तिपूरस्थित अन्नपूर्ण माछापालन कम्पनी प्रालि र चित्रनगरस्थित आँप बगैंचाको समेत अवलोकन गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट