२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

देशको विकास युवा शक्तिको सक्रिय सहभागिताविना सम्भव छैन : मन्त्री भण्डारी

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको विकास र समृद्धिको यात्रा युवा शक्तिको सक्रिय सहभागिता बिना सम्भव नरहेको बताएका छन् ।

आज राष्ट्रिय युवा परिषदले आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’ लाई सम्बोधन गर्दै मन्त्री भण्डारीले देशको विकास र समृद्धिको यात्रा युवा शक्तिको सक्रिय सहभागिता बिना सम्भव नरहेकाले दक्ष जनशक्ति अभाव अन्त्यका लागि समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, “नेपालको कूल जनसङ्ख्याको करिब ४२ दशमलव ५६ प्रतिशत हिस्सा युवाहरूले ओगटेको अवस्थामा, देशको विकास र समृद्धिको यात्रा युवाशक्तिको सक्रिय सहभागिताविना सम्भव छैन ।”

यसैगरी मन्त्री भण्डारीले युवाहरुको सहभागिता र सक्रियतामानै मुलुकको विकास र समृद्धि निर्भर रहने तथ्यलाई ह्रृदयङ्गम गरी युवाको सर्वाङ्गिण विकास, सशक्तीकरण, उद्यमशिलता प्रवर्द्धन, सीप विकास र रोजगारीमा जोड दिँदै युवा उद्यमशीलतालाई पहिचान गर्ने, क्षमता अभिवृद्धि गर्ने र देशको अर्थतन्त्रलाई स्वाधिन, सबल र प्रतिस्पर्धी बनाउँदै युवाहरूलाई रोजगारदाता बनाउने दिशामा सशक्त योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

प्रविधियुक्त आधुनिक नेपाल निर्माणमा युवाहरूको भूमिका अझ बढी सशक्त एवं नेतृत्वदायी रहनुपर्नेमा मन्त्री भण्डारीले जोड दिए । उनले दक्ष जनशक्ति अभाव अन्त्यका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, “सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारहरूसँग सहकार्य गर्दै नवप्रवर्तन, स्टार्टअप प्रवर्द्धन तथा दीगो उद्यम विकासका लागि हाम्रो मन्त्रालयले नीतिगत सुधारदेखि वित्तीय पहुँच, बजार अभिमुखीकरण र सीप विकासमा जोड दिँदै आइरहेको छ ।” उद्यम सुरु गर्न सजिलो नभएको र पूँजीको अभाव, नीतिगत अवरोध, सीप र मार्गदर्शनको अभाव जस्ता चुनौतीहरू प्रशस्त भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ती सबै चुनौतीहरू समाधान गर्न प्रतिबद्ध रहेको उनले प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट