२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी घोषणा

मंगलवार , आषाढ १७, २०८२

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले उम्मेदवारी घोषणा गरेका छन् । यही जुलाई २६ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचनका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

वरितमान कार्यसमितिमा महासचिव रहेका कुँवरले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया गएका उनी एक दशक अगाडि एनआरएनए अष्ट्रेलियाको राज्य समन्वय परिषद्को सचिव बनेका थिए।

यसअघि कुँवर राज्य संयोजक (२०१७ -२०१९), आईसीसी सदस्य (२०१९-२०२१), ओसेनिया क्षेत्रीय उप संयोजक (२०२१- २३) बनिसकेका छन् ।

करिब १० वर्षको एनआरएनए यात्राका क्रममा संस्थाको दिगो बिकास र एनआरएनए अष्ट्रेलियालाई संस्थागत, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, स्रोतको पहुँचलगायत विभिन्न तहका सरकारी समन्वयकारी भूमिकामा उनले योगदान दिएका छन्।

प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, "मेरो योगदान संस्थामा आबद्ध सबैमाझ लुकेको छैन, यसका साथै संस्थामा दिगो स्वयमसेवाको अवधारणाका लागि मेरो प्रयास जारी छ ।" उनले अहिले अनिल पोखरेलको नेतृत्व र सामुहिक प्रयासमा संस्थाले थप उचाइ लिन सफल रहेको समेत बताएका छन् ‌।

आफूले अध्यक्षका रूपमा दुई वर्षका कार्ययोजनाहरू समेत तयार पारेको भन्दै उनले यसबारे छिट्टै घोषणा गर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट