२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रामकुमारी झाँक्रीसँग पार्टीले माग्यो स्पष्टीकरण, यस्तो छ कारण

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्रीलाई तीन दिन भित्र स्पष्टीकरण दिन पार्टीले अल्टिमेटम दिएको छ ।

नेतृ झाँक्रीले पतञ्जली जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाल भ्रष्टाचारको मुद्दा खेपिरहेका बेला अध्यक्षलक्षित अभिव्यक्ति दिएकी थिइन् ।

उनले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएकी थिइन् । उनको यस्तो अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।

यही अभिव्यक्तिपछि नेकपा एसभित्र झाँक्रीप्रति चर्को आक्रोश छ। पार्टी अध्यक्ष विरुद्ध अभिव्यक्ति दिएपछि पार्टीले स्पष्टीकरण सोधेको सचिव सोमप्रसाद पाण्डेले बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ