२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी हुने

आइतवार , आषाढ २२, २०८२

काठमाडौँ । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् ।

अध्यक्ष लामाले भनिन्, “नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।”

वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ ।

No description available.

पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक फूर्वा ग्याल्बो मोक्तान (थुप्तेन)ले कार्यक्रमले दुई देशबीचको सम्बन्ध विस्तारका साथै नेपालमा पर्यटक बढाउनका लागि पनि सहयोग पुग्ने बताए ।

उनले भने, “दक्षिण कोरिया र नेपालबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहिआएको छ, यस कार्यक्रमले दक्षिण करियामा नेपालको पर्यटन तथा संस्कृति प्रवर्द्धन हुनुका साथै दुई देशबीचको सम्बन्ध थप बलियो हुनेछ ।”

कार्यक्रममा नेपालमा उत्पादन भएका सामानहरु प्रदर्शनीमा राखिनेछ भने व्यवसायीहरुबीच व्यावसायिक साझेदारीको अवसर पनि सृजना हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमै उक्त कार्यक्रमका लागि वर्ल्ड पिस युनियन अर्गनाइजेसन, वर्ल्ड पिस एम्ब्यासडरका नेपाल गुडविल एम्ब्यास्डर योसेफ काङ र आयोजक कम्पनीका अध्यक्ष लामाबीच सम्झौता समेत भएको थियो ।

वर्ल्ड पिस एम्ब्यासडरका नेपाल गुडविल एम्ब्यास्डर योसेफ काङले आफू यहाँ विश्व शान्तिका लागि आएको उल्लेख गर्दै आगामी नोभेम्बरमा हुन लागेको यस कार्यक्रमले दुई देशबीचको सम्बन्ध विकासमा सहयोग गर्ने बताए ।

No description available.

“उक्त कार्यक्रम दुई देशबीचको सम्बन्ध विस्तारमा सेतु बन्ने विश्वास छ, हामीले विभिन्न देशमा यसप्रकारका कार्यक्रम गर्दै आएका छौँ”, उनले भने, “कोरियामा नेपाली खाना, संस्कृति र पर्यटन तथा व्यापार विस्तारमा कार्यक्रम माध्यम बन्नेछ ।”

त्यस अवसरमा दक्षिण कोरियास्थित चुङवुन विश्वविद्यालय र सोल जाङसिङ विश्वविद्यालयका प्राध्यापक सोङसुक चोले दक्षिण कोरिया उच्च शिक्षा लिन चाहने नेपाली विद्यार्थीका लागि राम्रो गन्तव्य भएको बताए ।

कार्यक्रममा नेपाली र कोरियाका कलाकारबीच साङ्गीतिक आदानप्रदान, सांस्कृतिक प्रदर्शनी, परम्परागत खाना र पहिरनको शोकेसिङ, समूहगत छलफल तथा युनेस्को सम्पदास्थलहरूको प्रवर्द्धनलगायतका गतिविधि समावेश हुने जनाइएको छ । कम्पनीले यसअघि जापान, दुवई र चीनमा यसप्रकारका कार्यक्रम आयोजना गरिसकेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट