२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

आज २०८३ साल असार १९ गते शुक्रबार, आजको राशिफल कस्तो छ ?

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । २०८३ साल असार १९ गते शुक्रबार सन् २०२६ जुलाई ३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । आजको राशिफल कस्तो छ हेरौं । 

मेष : काममा सफलता मिल्नेछ । व्यापारमा लाभ हुनेछ। नाफा आर्जनका लागि व्यापारमा सहकार्य गर्नुपर्ने छ। शिक्षामा प्रगति हुनेछ। पारिवारिक मेलमिलापको योग रहेको छ ।

वृष : तपाईंको बोलीका प्रभावले काम बन्नेछ। सम्पत्ति खर्च भए पनि लक्ष्य पूरा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मिथुन : एकपछि अर्को समस्या थपिने छन्। बोली र व्यवहारमा एकरुपता नदेखिने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा विश्वास नगर्ने बानीले अप्ठेरो परिस्थिति सिर्जना हुनेछ।

कर्कट : तपाईंका लागि शुभदिन छ। साथीको साथ मिल्नेछ। तपाईंको काम बन्ने छ। शिक्षामा भने ढिलासुस्ती हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। परिवारको सल्लाहमा गरेको काम सफल बन्ने छ।

सिंह : आज कम बोल्नु उचित हुनेछ । गोपनीयता भंग नगर्नु फाइदा हुन्छ। व्यवहारमा सानो कुराले झन्झट दिने भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने देखिन्छ ।

कन्या : शुभ खबर सुन्न पाइने छ । व्यवहारमा सकारात्मक सुत्र पत्ता लाग्ने छ। मन खुशी हुनेछ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग रमाइलो घुमघामको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

तुला : यात्रा गर्दा सचेत हुनुपर्नेछ । श्रमको मूल्य अर्काले खाने जोखिम छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

वृश्चिक : आज कम बोल्नु उचित हुनेछ । साथीको साथ मिल्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन प्रशन्न हुनेछ। परिवारमा रमाइलो घुमघाम तय हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु : धनलक्ष्मी योग परेको छ । आज गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा सुधार हुनेछ। राज्यको माथिल्लो निकायबाट तपाईंको पक्षमा निर्णय हुनेछ।

मकर : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच राम्रो रहेको छ। गोपनीयता भंग नगर्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च बढ्ने छ। विपक्षी साथीबाट काम गर्दा सचेत बन्नुपर्ने छ। खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्ने छ।

मीन : दिन राम्रो छ। शिक्षामा सफलता मिल्ने छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ । बोल्दा सचेत बन्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। मिहिनेतको फल मिल्ने योग छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट