२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

राप्रपाभित्र आन्तरिक विवाद चुलियो, संस्थापनइतर पक्ष निर्वाचन आयोग गुहार्दै

आइतवार , आषाढ २९, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन स्वेच्छाचारी ढंगले चलेको भन्दै इतर पक्षले निर्वाचन आयोग गुहार्ने निर्णयमा पुगेको छ ।

इतर पक्ष आज ११ बजे निर्वाचन आयोग जान लागेको हो । विधान विपरीत पार्टीका नेताहरुलाई अध्यक्ष लिङ्देनले कारबाही गरेको भन्दै उनीहरु निर्वाचन आयोग जान लागेका हुन् ।

पार्टीका महामन्त्री धवलशम्शेर राणासहितका नेताहरुले लिङ्देनका पछिल्ला काम–कारबाही प्रक्रिया संगत नभएको आरोप लगाउँदै आएका छन् ।

केही दिन अघिमात्रै लिङ्देनले सगुन सुन्दर लावतीलाई प्रवक्ताबाट बर्खास्त गरेका थिए । यसका साथै राजावादी आन्दोलनका संयोजक बनेका नवराज सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर उनको स्थानमा रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए ।

यो निर्णयलाई राणा समूहले अवैधानिक भनेको छ । राप्रपाको विधानअनुसार केन्द्रीय समितिमा प्रस्ताव ल्याएर हटाउनु पर्ने व्यवस्था छ । त्यसैले यो अवैधानिक भएको इतर समूहको आरोप छ ।

मुख्य गरी सुवेदीको कारबाहीको विषयलाई लिएर इतर समूह निर्वाचन आयोग जान लागेको हो ।

पछिल्लो कारबाहीको विषयलाई लिएर इतर समूहका नेताहरु शनिबार पार्टीका महामन्त्री शवलशम्शेर राणाको नक्सालस्थित सचिवालयमा भेला भएका थिए । उनीहरुले अध्यक्ष लिङ्देनले विधान विपरीतका कार्य गरेको, मनोमानी रुपमा संगठन चलाएको आरोप लगाएका छन् ।

छुट्टै भेलामा पूर्वअध्यक्ष एवं निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, पूर्वमन्त्री तथा कार्यसम्पादन समिति सदस्य, हरिबहादुर बस्नेत, वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री डा. धवलशम्सेर राणा, महामन्त्री कुन्तीकुमारी शाही, प्रवक्ता, सगुन सुन्दर लावती, सहायक प्रवक्ता प्रविनकुमार थोकर तामाङ, सहायक महामन्त्री प्रेम बलायर, सहायक महामन्त्री ऋषिराज देवकोटा, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाहलगायत केन्द्रीय सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट