२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न गगन थापाको आग्रह

सोमवार , आषाढ ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

पार्टीको पेशागत तथा बुद्धिजीवि विभागले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

हालै मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएको छ । मन्त्री गुप्ताले आफूमाथि प्रश्न उठेपछि राजीनामा दिनुपर्ने र नदिएकोले प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए ।

उनले भने, ‘यतिको कुरा आइसके पछाडि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ । यसको छानबिन हुनुपर्छ ।’

उनले अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिए उसलाई पनि कारबाही हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ