काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीका बारेमा महाधिवेशनअघि केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् ।
मदन भण्डारी फाउन्डेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले यस्तो बताएकी हुन् ।
उनले एमालेमा आफू सक्रिय भइसकेको बताइन् । उनले आफूले असार १४ गते बोल्ने क्रममा पनि आफ्नो राजनीतिक यात्राबारे स्पष्ट राखेको भन्दै एमालेको सदस्यता नवीकरण गरेर एमाले परिवारमा जोडिएको बताइन् ।
उनले आफूलाई कुन जिम्मेवारी दिने भन्नेबारे केन्द्रीय कमिटीको बैठकले तय गर्ने प्रष्ट पारिन् ।
भण्डारीले महाधिवेशन नभएसम्म केन्द्रीय कमिटी नै उपल्लो तहको नेतृत्व भएको बताइन् । त्यस्तै, विधान महाधिवेशनमा आफ्नो उपस्थिति कुन रूपमा हुने भन्ने पनि पार्टीले नै निर्णय गर्ने उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस