२०८३, श्रावण १० गते

आइतवार, श्रावण १० गते २०८३

सुनको मूल्यमा १३ सय रुपैयाँको गिरावट, चाँदीको पनि घट्यो

बुधवार , आषाढ ३२, २०८२

काठमाडौं। साउन महिनाको आज अन्तिम दिन सुनको मूल्यमा प्रतितोला १३ सय रुपैयाँले गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य १ लाख ९२ हजार रूपैयाँ निर्धारण भएको छ । मंगलबार सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर प्रतितोला २ हजार २६० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी तोलामा ४० रुपैयाँ घटेर प्रति तोला २ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा यसको प्रभाव देखिएको हो। बुधबार सुन घटेर प्रति औंस ३३३८.६५ डलर रहेको छ।

चाँदी प्रति औंस ३७.८३ डलर छ। मंगलबार सुन प्रति औंस ३३६०.६६ डलर थियो । चाँदी प्रति औंस ३८.२१ डलर थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट